Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपले पायो शतप्रतिशत हकप्रद निष्कासन गर्न आयोगबाट स्वीकृति

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १० : ४२ मा प्रकाशित

ङादी ग्रुपले पायो शतप्रतिशत हकप्रद निष्कासन गर्न आयोगबाट स्वीकृति

ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीकाे १:१ काे अनुपातमा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने स्वीकृतिका लागि साउन २२ गते, विद्युत नियमन आयोगमा निवेदन दिएकाे थियाे ।

विद्युत नियमन आयोगले भदाै ८ गते, शुक्रबारकाे पत्रमार्फत् स्वीकृति प्रदान गरेकाे हाे । आयोगले तलकाे पत्रमा उल्लेख गरिए बमाेजिम विभिन्न ५ बुँदे शर्तसहित स्वीकृति दिएकाे छ ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । 

 

64ead897436dc.jpg 64ead89c3ccfc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको