Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपकाे १०० प्रतिशत हकप्रद आज पारित हुँदै

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १० : ३२ मा प्रकाशित

ङादी ग्रुपकाे १०० प्रतिशत हकप्रद आज पारित हुँदै

ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे शतप्रतिशत हकप्रद सेयर आज पारित हुँदैछ । कम्पनीकाे विशेष साधारण सभा आज साउन १४ गते, आइतबार लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडाैँमा भइरहेकाे छ । 

सभामा विद्युत नियमन आयोगबाट स्वीकृत भए अनुसार चुक्ता पुँजीको १ः१ को अनुपातमा  हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । हाल कम्पनीकाे चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।  

कम्पनीले विशेष साधारण सभा प्रयाेजनका लागि साउन ४ गते, बिहीबार बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको