Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपले डाक्याे विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद प्रस्ताव पारित हुँदै

अर्थ संसार

विहीबार, २८ असार २०८०, ११ : ०८ मा प्रकाशित

ङादी ग्रुपले डाक्याे विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद प्रस्ताव पारित हुँदै

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विशेष साधारण सभा डाकेकाे छ । कम्पनीकाे हिजाे (असार २७ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा साउन १४ गते, आइतबार लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ । 

सभामा विद्युत नियमन आयोगबाट स्वीकृत भए अनुसार चुक्ता पुँजीको १ः१ को अनुपातमा  हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । हाल कम्पनीकाे चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।  

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयाेजनका लागि साउन ४ गते, बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, साउन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको