Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको साधारण सभाको वैधानिकता माथि उठ्यो प्रश्न

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १४ : ५३ मा प्रकाशित

ङादी ग्रुप पावरको साधारण सभाको वैधानिकता माथि प्रश्न उठेको छ।  । सेयरधनीले साधारण सभामा सहभागिता हुन नपाएको भन्दै रद्ध गर्न माग गरेका छन् ।

आइतबार बिहान सम्पन्न साधारणसभामा बोल्दै सेयरधनी शत्रुधन श्रेष्ठले भने– ‘तपाईँहरुले साधारण सभा गर्ने जिल्ला प्रशासन काठमाडौंबाट अनुमति लिनु भएको छ, सभा हलमा खै सेनिटाइजर ? खै माक्स ? खै समाजिक दुरी कायम गरेको ? भौतिक रुपमा सेयरधनी उपस्थितिको लागि सूचना जारी गर्ने, अनि बस्ने ठाउँ नभएको हलामा साधारणसभा गर्ने ? कोभिड १९ को पूर्ण  पालना छैन ? अनि साधारण सभाबाट कोभिड सर्यो भने ङादी ग्रुपले जिम्मा लिनुपर्छ, त्यसैले साधारणसभा रद्ध हुनुपर्छ । 

सबै हाइड्रोपावरले अनलाइन प्रविधि प्रयोग गरेर भर्चुअल अर्थात जुम मार्फत साधारण सभा गरिरहेका छन्, तपाईँहरुलाई चाही जुम मार्फत साधारण सभा गर्न कसले रोक्यो ? सेयरधनी श्रेष्ठले भने ‘जुम मार्फत साधारण सभा गरेको भए घरमै बसेर उपस्थिति हुन पाइन्थ्यो, कोभिडको पनि डर हुँदैन थियो ।’ साधारण सभामा चरम असन्तुष्टि पोख्दै सेयरधनी श्रेष्ठले भने –‘अफिसमा फोन गरे फोन उठ्दैन, पब्लिक कम्पनी यस्तो गैर जिम्मेवार हुन हुन्छ ?’

त्यसैगरी, अर्का सेयरधनी शिव प्रसाद पौडेलले पनि साधारण सभामा सञ्चालक समितिप्रतिको काम कारवाही चरम असन्तुष्टि पोखे । ‘कोभिड १९ को माहामारीमा सेयरधनीलाई साधारण सभामा बोलाउने, कोभिडको पूर्ण पालना नगर्ने सेयरधनीलाई बस्ने व्यवस्था पनि छैन यहाँबाट कोभिड सर्याे  भने कसले जिम्मा लिने ?’ सेयरधनी पौडेलले भने– ‘अहिलेको यस्तो अवस्थामा भर्चुअल अर्थात जुम माध्यमबाट साधारण सभा भएको भए सेयरधनी उपस्थिति पनि बढि हुन्थ्यो र कोभिडको डर पनि हुँदैन थियो ’ सबै हाइड्रोपावरको साधारण सभामा कम्पनीले आफ्नो कम्पनीको बारेमा बस्तुस्थिति जुममार्फत प्रत्यक्ष देखाउँदै आएकाले यो कम्पनीले पनि देखाएको भए राम्रो हुने सेयरधनी पौडेलले सञ्चालक समितिलाई सुझाव दिए । 

त्यसैगरी, सेयरधनी डम्बरु बल्लभ घिमिरेले कोभिडको रोकथाम गर्न सरकारलाई सहयोग गर्नु भन्दा पनि यो कम्पनीको साधारण सभाले कोभिड फैलाउन सहयोग गरेको आरोप लगाए । साधारण सभामा सेयरधनीले उठाएको प्रश्नमाथि शैलेन्द्र गुरागाईँले जवाफ दिएका थिए । 

कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा साधारण सभा सम्पन्न गरेको थियो । साधारण सभाले प्रस्तावित २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि), त्यसैगरी १ः२ हकप्रद सेयर निष्कासनकाे प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको