Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ संसारलाई बाहिर राखेर भन्नुपर्ने कुरा के थियो, भित्री सूचना त थिएन ?

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, ११ : १८ मा प्रकाशित

आइतबार बिहान सम्पन्न ङादी ग्रुप पावर कम्पनीको आठौँ वार्षिक साधारण सभामा बोल्दै कम्पनीका पुर्व अध्यक्ष शैलेन्द्र गुरागाईँले यदि यो सभामा अर्थसंसार डटकमले भिडियो रकर्ड नगरेको भए कम्पनीका बारेमा आफुँले केहि भन्ने बताएका हुन् । 

साधारण सभामा सेयरधनीले उठाएको प्रश्नमाथि जवाफ दिँदै गुरागाईँले भने कम्पनीका बारेमा धेरै राम्रा कुराहरु अन्य पनि छन् तर ति कुराहरु भन्न पहिले अर्थसंसार डटकमलाई बाहिर बठाउनुपर्छ, कम्पनीका बारेमा केहि कुराहरु रेकर्डमा भन्न नमिल्ने र यदि मिडिया बाहिर गएमा वा रेकर्डिङ बन्द गरेमा मात्र हामिले यो कुरा भन्न सक्छौ । अहिले भिडियो अन छ मैले अफ गरेको बेला भन्नु पर्ने कुरा भन्न चाहेकाले अहिले भन्न नसक्ने उनको तर्क छ । 

गुरागाईँको यो तर्क पछि सभामा सहभागि कतिपय लगानीकर्ताहरुले भने झन् कम्पनीका बारेमा राम्रा कुराहरुको त प्रचार प्रसार गर्नुको सट्टा किन मिडियाको अघि बोल्न नमिल्ने भन्दै प्रश्न गरेका थिए । सामान्यतया कम्पनीको साधारणसभा भनेको एक सार्वजनिक कार्यक्रम हो जसमा सहभागि भएर समाचार संकलन गर्नु मिडियाको कर्तव्य पनि हो तर त्यसरी सार्वजनिक कार्यक्रममा कम्पनीका पुर्व अध्यक्ष जस्तो व्यक्तिले मिडियालाई बाहिर पठायपछि मात्र आँफुले कम्पनीका बारेमा केहि सूचना वा जानकारी दिनसक्ने भन्नुलाई स्वभाविक रुपमा लिन सकिदैन । 

के मिडिया को अनुपस्थितिमा कम्पनीले के सभामा सहभागि सेयरधनीहरुलाई भित्रि सुचनाना दिन खोजेको थियो त ? यदि हैन कम्पनीका बारेमा केहि राम्रा र सार्वजनिक रुपमा भन्न मिल्ने कुराहरु थिए भने किन भनिएन सभामा सहभागि एक लगानीकर्ताले प्रश्न गरे । एक त यस्तो महामारीमा भौतिक रुपमा साधारणसभा गर्ने अनि भौतिक रुपमा सहभागि हुन नसकेका लगानीकर्ताहरुलाई मिडियाको माध्यामबाट भएपनि सूचना प्रवाह गर्न खोज्दा उल्टै मिडियालाई सभाबाट निकाल्नुपर्छ भन्नु अत्यन्तै खेदजनक रहेको उनको तर्क छ । 

साधारणसभामा सहभागि विभिन्न लगानीकर्ताहरुले यस्तो कोभिडको महामारीमा पनि भौतिक रुपमा नै साधारणसभाको आयोजना गरेको र साधारण सभामा पनि सरकाले तोकेका न्यूनतम मापदण्डहरु पालना नगरेको भन्दै व्यवस्थापन प्रति चर्को आलोचना गरेका थिए । 

गुरागाईँले सभामा के बोलेका थिए भन्ने हेर्न तल दिइएको भिडियोको ३० मिनेट पछिको अंश हेर्न सक्नुहुनेछः 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको