Like us!
Follow us!
Connect us!
Watch us!

१० कम्पनीकाे लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनकाे मूल्य कति ?

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, ११ : ३० मा प्रकाशित

१० कम्पनीकाे लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनकाे मूल्य कति ?

हाल बजारमा विभिन्न १० वटा कम्पनीकाे लिलामी सेयर धमाधम बिक्री भइरहेकाे छ । 

१. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ३० गते, आइतबारबाट ३६ हजार ५ सय कित्ता संस्थापक समूहकाे सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरिरहेको छ । उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असाेज १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । संस्थाको सेयर बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

२. ज्याेति विकास बैंक लिमिटेड (मुक्तिनाथ क्यापिटलकाे स्वामित्वमा)

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे ज्याेति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता संस्थापक समूहकाे सेयर भदाै २९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

३. प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६ हजार ३६ कित्ता संस्थापक समूहकाे सेयर भदाै २९ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीकाे न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले यस सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

४. मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड 

 मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भदौ ३१ गतेदेखि ९५ हजार १ सय ६६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २७५ रुपैयाँ ताेकिएकाे छ ।  लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजीम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

५. ज्याेति विकास बैंक लिमिटेड 

ज्याेति विकास बैंक लिमिटेडले  भदौ ३१ गतेदेखि १ लाख ८१ हजार ४ सय ७० कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ८५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजीम्पाट, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

६. प्रभु बैंक लिमिटेड

प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्रभु बैंक लिमिटेडकाे ५० हजार कित्ता संस्थापक समूहकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय ५ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असाेज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

७. नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 

प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एक लाख कित्ता संस्थापक समूहकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य ४ सय २१ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असाेज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

८. नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३५ हजार कित्ता संस्थापक समूहकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य ४ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असाेज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

९. प्राइम कमर्सियल बैंक लिमिटेड

प्रुडेन्सियल क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्राइम कमर्सियल बैंक लिमिटेडकाे एक लाख कित्ता संस्थापक समूहकाे सेयर भदाै ३१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय ८ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि असाेज ८ गते, शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

१०. प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७० हजार ६ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर असाेज १ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य ५ सय १ रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य अंकित गरी बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम एक सय कित्तादेखि अधिकतममा सबै कित्ताको लागि असाेज १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको