Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, ११ : १२ मा प्रकाशित

साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा व्यवस्थापन तालिम प्रदान गरेको छ । उक्त तालिमको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले पानसमा बत्ति बालेर समुद्घाटन गरेका थिए ।

उक्त तालिमलाई सम्बोधन गर्दै उनले धितो कर्जाको व्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिवृद्धि, गरी संस्थागत व्यवसाय प्रवर्द्धन गर्न साथै शाखा प्रमुखहरुमा वित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र व्यवस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका थिए ।

तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र बिधीहरु,धितो मुल्याङ्गन र पक्रिया एवम् धितो निरक्षणका लागी प्रयोग गर्न सकिने विविध मोबाईल एप्लिकेशनहरुको बारेमा जग्गा व्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक लेखनाथ दाहाल एवम् धितो कर्जा प्रवाहको विधी र व्यवसाय प्रवर्द्धनको तरिकाहरु र प्रभावकारी कर्जा असुली र वार्ता विधीहरुकाे बारेमा श्रवण कुमार सर्पोट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवम् सहजीकरण गरेका थिए ।

त्यसैगरी, उक्त तालिममा २६ वटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । नेपालको विकट तथा ग्रामिण जिल्लामा विभिन्न ८६ वटा शाखा कार्यालयहरु मार्फत हाल ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको