Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबारमा अरूण भ्यालीकाे अग्रता कायमै

नेप्से

मंगलबार, ०५ असोज २०७८, १५ : ०१ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबारमा अरूण भ्यालीकाे अग्रता कायमै

आज (मंगलबार) सेयर बजार हरियाे भएकाे बन्द भएकाे छ । मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे हाे । राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरण तथा बैंकहरूकाे बढेकाे ब्याजदरले सेयर बजार भने दिनहुँ जसाे घटिरहेकाे थियाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.५१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे एक कराेड ५३ लाख ६ हजार ६१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6149aa2e9d8ad.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

6149aa3634076.jpg 

मंगलबार पनि अरूण भ्याली हाइड्राेपावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २५ कराेड ४४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

6149aa42deae5.jpg

यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेकाे छ ।

6149aa483e936.jpg

यता एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य भने सबैभन्दा धेरै घटेकाे छ ।

6149aa4daa9ab.jpg

याे पनि :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको