नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर १३ हजार ६ सय २२ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ३ सय ३० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा ५ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निकाे भएकाे दर ९५.९ प्रतिशत रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस