Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियाे राैनकता, के दिगाे रहला ?

नेप्से

बुधबार, ०६ असोज २०७८, १४ : ५८ मा प्रकाशित

सेयर बजारमा फर्कियाे राैनकता, के दिगाे रहला ?

आज (बुधबार) सेयर बजारमा राैनकता देखिएकाे छ । नेप्से परिसूचक १०० अंक भन्दा धेरैले बढ्दा काराेबार हुने १३ वटै उपसमूह बढेकाे छ । बुधबार १३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा घट्ने कम्पनीहरूमा जम्मा ४ वटा कम्पनी छन् । जसमध्ये, २ वटा डिबेञ्चर र २ वटा म्युचुअल फण्ड हुन् । 

सेयर बजारका पुराना एवं अनुभवी लगानीकर्ता डमरु बल्लभ घिमिरेले अब सेयरबजारको ओरालो यात्रामा ब्रेक लागेर उकालो यात्रा सुरु भएको बताउँछन् । "अहिले सेयर बजारका लागि विभिन्न सकारात्मक समाचारहरु बाहिरिएका छन्, अर्थमन्त्रीले स्पष्ट रुपमा आफु सेयर बजारको विकास र लगानीकर्ताहरुको संरक्षणका लागि प्रतिवद्ध रहेको अभिव्यक्ति दिनु, आन्दोलन लगानीकर्ता साथीहरुसँगको धितोपत्र बोर्डको वार्ता सकारात्मक ढंगले बढेको समाचार बाहिरिनु र मुख्य गरी विभिन्न बैंकहरुले प्रतिस्प्रधात्मक ढंगले जसरी मुद्दति निक्षेपको ब्यादरमा वृद्धि गरीरहेका थिए त्यसलाई नियामक निकाय राष्ट्र बैंकको निर्देशन पछि फिर्ता लिएका छन् यसले पनि अब लगानीकर्ताहरुको मनोबल बढेजस्तो देखिन्छ यदि यी सबै कुराहरु सकारात्मक भए बजारको उकालो यात्रालाई कसैले रोक्न सक्दैन" उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ मा पुगेकाे छ । नेप्से ३.८७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ ।

कूल २१७ वटा कम्पनीकाे एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

\614afad61ba0d.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह ८.५४ प्रतिशतले बढेकाे छ । 

614afadc63941.jpg

बुधबार पनि अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २३ कराेड ३४ लाख रूपैयाँकाे काराेबार भएकाे हाे ।

614afae14733c.jpg

बुधबार १३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

614afae6663fd.jpg

यस दिन घट्ने कम्पनीहरूमा जम्मा ४ वटा कम्पनी छन् । जसमध्ये, २ वटा डिबेञ्चर र २ वटा म्युचुअल फण्ड हुन् । 

614afaebd869a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको