Like us!
Follow us!
Connect us!
Watch us!

बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १५ : ३८ मा प्रकाशित

बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

बाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरूवात भएको हो । यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दुई पांग्रे, चार पांग्रे, ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै गर्न सकिनेछ । 

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै  कर भुक्तानी, दर्ता र नविकरण  गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ । 

सवारी करको सेवा सुरूवातबारे इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने, ‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उदेश्य राखेको हुन्छ । सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको