Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, ०७ : ३० मा प्रकाशित

नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

आज नेप्सेमा रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश सेयरका लागि मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको हिजो कायम अन्तिम सेयर मूल्य १३२७ रुपैयाँका आधारमा सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १२०६ रुपैयाँ कायम भएको छ आजको कारोबारमा समायोजित मूल्यमा कारोबार खुल्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि आज असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज (असाेज ६ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारणसभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित  गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

त्यसैगरी,  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको