Like us!
Follow us!
Connect us!
Watch us!

ग्याष्ट्रिकका समस्या भएकाले नर्भिकमा फ्री ओपिडी सेवा पाउने

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, १२ : ०८ मा प्रकाशित

ग्याष्ट्रिकका समस्या भएकाले नर्भिकमा फ्री ओपिडी सेवा पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ । 

आउने शनिबार (असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 
डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्नेछन् । 
निःशुल्क ओपिडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको