Like us!
Follow us!
Connect us!
Watch us!

लगातार तेश्राे दिन पनि बढ्याे नेप्से : जानकार भन्छन्, "अबकाे लिड वाणिज्य बैंकले गर्नेछ"

नेप्से

विहीबार, ०७ असोज २०७८, १५ : ०४ मा प्रकाशित

लगातार तेश्राे दिन पनि बढ्याे नेप्से : जानकार भन्छन्, "अबकाे लिड वाणिज्य बैंकले गर्नेछ"

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजार बढेकाे छ । मंगलबार दाेहाेराे अंक र बुधबार तेहाेराे अंकले बढेकाे नेप्सेमा आज पनि सामान्य सुधार देखिएकाे छ । 

सेयर बजारमा लामो समय देखि लगानी गर्दै आएका अनुभवी लगानीकर्ता हरि बहादुर सिंहले आगामी दिनमा नेप्सेले उकालो यात्रा तय गर्ने र त्यसको लिड भने वाणिज्य बैंकले गर्ने तर्क गर्छन् ।

"अब नेप्से उकालो लाग्ने कुरामा कुनै संका छैन हिजो मात्र २ वटा बैंकहरुले लाभांश वितरणको घोषणा गरेका छन् जसले गर्दा पनि लगानीकर्ताहरुको मनोबिज्ञान थप बलियो भएको छ । आजको कारोबारले पनि देखाइसकेको छ कि अब बजारको लिड वाणिज्य बैंकले गर्छ र समग्र रुपमा नेप्सेले उकालो यात्रा नै तय गर्छ यो बेला भनेको पाकेका बालि भित्र्याउने बेला हो त्यसैले अब आधारभुत रुपले बलिया कम्पनीहरुमा लगानी गरे पछुताउनु पर्दैन" उनले भने ।   

नेपाल स्टक एक्सचेञ्जका आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ मा पुगेकाे छ । नेप्से ०.१० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५३०.०२ मा पुगेको छ ।

कूल २२८ वटा कम्पनीकाे एक करोड ५७ लाख १४ हजार २ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

614c4c44d230f.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बैंक र फाइनान्सबाहेक बाँकी ११ वटा उपसमूहकाे सूचक घटेकाे छ । 

614c4c51e041a.jpg

बिहीबार सर्वाधिक काराेबार हुनेमा अधिकांश वाणिज्य बैंकहरू छन् । सबैभन्दा धेरै सानिमा बैंककाे ३४ कराेड १५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

614c4c5a5eeb0.jpg

यस दिन मनकामना स्मार्ट लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेकाे छ ।

614c4c609c10c.jpg

आज हिमालयन पावर पार्टनर लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

614c4c68eee29.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको