Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनबाट जन्मियो रोहन कार्की नेतृत्वमा नयाँ लगानीकर्ता संघ, ११ सदस्यीय तदर्थ समिति घोषणा

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १९ : ४० मा प्रकाशित

आन्दोलनबाट जन्मियो रोहन कार्की नेतृत्वमा नयाँ लगानीकर्ता संघ, ११ सदस्यीय तदर्थ समिति घोषणा

पुँजीबजार सुधार सङ्घर्ष समितीको नामा केहि दिनदेखि आन्दोलनरत समूह एक लगानीकर्ता संघका रुपमा घोषणा भएको छ । नव गठित लगानीकर्ता संघको नाम स्वतन्त्र पुँजी बजार सुधार संघ रहनेछ भने संघको ११ सदस्यिय तदर्थ समितीको अध्यक्षमा डिल्लेश्वर कार्की (रोहन) चयन भएका छन् ।

कार्कीको नेतृत्वमा गठित संघको तदर्थ समितीको उपाध्यक्षमा विनायक सिवाकोटि (आदित्य), सचिव बिनोद बजगाँई, सह सचिव शिरिस आचार्य र सुनिल कुमार दाहाल, कोषाध्यक्षमा शुसिल कुमार लुनिया र सह कोषाध्यक्षमा बिमला न्यौपाने र सदस्यहरुमा ज्ञानेन्द्र झा, रत्नकाजि महर्जन र राजेन्द्र खड्का रहेकाछन् । त्यस्तै समितीको वरिष्ठ सल्लाहकारमा उपेन्द्र पाठक र सल्लाहकारमा उमेशराज सिलवाल र अनिल खतिवडा रहेका छन् । यो संघको संरक्षकको रुपमा दीपेन्द्र अग्रवाल रहेका छन्।

"अहिले ११ सदस्यिय तदर्थ समिती गठन गरेका छौँ अबको २-४ दिनमा प्रदेश एबं विभिन्न जिल्लाहरुको समिती पनि घोषणा गर्ने छौँ । अब लगानीकर्ताको आवाजहरु बुलन्द ढंगले उठाउनको लागि र आम लगानीकर्ताहरुको हक हितको लागि लड्नुपर्ने आवश्यकता देखेर नै सबैको साझा संघका रुपमा यो संघ गठन गरेका छौ अब नेपालभरी छरिएका लगानीकर्ताहरु गोलबन्द हुने बेला भएको छ आम लगानीकर्ताहरुलाई जो जहाँ जहाँ हुनुहुन्छ आफ्नो क्षेत्रमा संघमा आवद्ध हुन आह्वान गर्दछु" अध्यक्ष कार्कीले भने ।

"एउटा आन्दोलनको मोर्चाबाट लगानीकर्ताहरुको संघ जन्मिएको छ अव यो संगठनलाई सबैको साझा संगठन बनाउने अभियानमा सबैको साथ हुनेमा हामि विश्वस्त छौ हामिले सुरु गरेको आन्दोलन केहि हदसम्म सफल भएको छ अव ति मागहरुलाई कार्यन्यन गराउने सन्दर्भमा सधै तयार नै छौ हाम्रो यो आन्दोलनमा सहयोग गर्नु सम्पुर्ण लगानीकर्ता तथा अन्य विभिन्न निकायहरुलाई धन्यवाद दिन चाँहान्छु आगामी दिनमा पनि तपाईहरुको यस्तै साथ र हौँसला पाउने कुरामा विश्वस्त छौ, तपाईहरु सबैको विश्वासलाई मर्न दिने छैनौ" कार्कीले भने ।

614dda1a73e03.jpg 614ddb0e76a5c.jpg 614ddb1668f4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको