Like us!
Follow us!
Connect us!
Watch us!

६१.२७ अंकले घट्याे सेयर बजार, काराेबार रकम ६ अर्बमाथि

नेप्से

आइतबार, १० असोज २०७८, १५ : ०४ मा प्रकाशित

६१.२७ अंकले घट्याे सेयर बजार, काराेबार रकम ६ अर्बमाथि

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार घटेकाे छ । गत हप्ता मंगलबारदेखि लगातार बढिरहेकाे बजार आज भने घटेकाे हाे । गत बिहीबार नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ मा राेकिएकाे थियाे ।

 आज (आइतबार) नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम पनि ७ अर्ब पुग्न सकेकाे छैन । यता काराेबार हुने १३ उपसमूहमध्ये, म्यूचूअल फण्डबाहेक बाँकी सबै उपसमूह घटेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेकाे छ । नेप्से २.१७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ विन्दुमा पुगेको छ ।

कूल २३३ वटा कम्पनीकाे एक करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५० करोड एक लाख १७ हजार ७ सय ८० रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6150406bc6cf3.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये म्यूचूअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहकाे सूचक घटेकाे छ । 

615040714283c.jpg

आइतबार अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३३ कराेड ९५ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

6150407671071.jpg

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

6150407c0dc78.jpg

यस दिन आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् । 

6150408168e80.jpg

याे पनि :

अहिलेको माहोलमा नेप्सेलाई प्राविधिक रुपमा बुझे प्रयास, बजारको अबको यात्रा कता ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको