Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक २७ सयभन्दा तल, किन घट्दैछ सेयर बजार ?

नेप्से

सोमबार, ११ असोज २०७८, १५ : ०३ मा प्रकाशित

नेप्से परिसूचक २७ सयभन्दा तल, किन घट्दैछ सेयर बजार ?

आज (साेमबार) पनि सेयर बजार घटेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि घटेकाे छ ।

अहिले कतिपय लगानीकर्ताहरूले दशैँ खर्च जुटाउनका लागि पनि जति मूल्य पायो त्यति मूल्यमा सेयर बेचिरहेको हुनाले पनि अहिले बजार घटेको बताउछन् लगानीकर्ता कुमार थापा । यसै बेलामा ब्याजदर पनि बढ्नु र राष्ट्र बैंकको १२ करोडको क्यापको प्रभाव पनि अझै बजारमा कायम छ बजारका ठुला लगानीकर्ताहरु अझै पनि बजार प्रवेश गरेजस्तो देखिँदैन ।   अहिलेको अवस्थामा लगानीकर्ताहरूले संयमित भएर आफुले लगानी गरेका राम्रा र बलिया कम्पनीहरु होल्ड गरेर बस्नुको विकल्प अहिले छैन । केहि समय बजार घट्न सक्ला तर ढिलो चाँडो बजार लयमा नै फर्कन्छ त्यसैले यो बेला लगानीकर्ताहरु नआत्तिई लगानी गर्नुपर्ने बताउँछन् उनी  ।

नेपाल स्टक एक्सचेञ्जका आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेकाे छ । नेप्से २.६५ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा पुगेको छ ।

कूल २२७ वटा कम्पनीकाे एक करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

615192f659ef4.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सूचक घटेकाे छ । 

615192fea0f68.jpg

साेमबार पनि अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १५ कराेड ४९ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

6151930601d8b.jpg

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेकाे छ ।

6151930c5ee29.jpg

यस दिन गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् ।

6151931360416.jpg 

याे पनि :

अहिलेको माहोलमा नेप्सेलाई प्राविधिक रुपमा बुझे प्रयास, बजारको अबको यात्रा कता ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको