Like us!
Follow us!
Connect us!
Watch us!

बजार ३२ सय भन्दा निकै माथि जानेछ अहिलेको अवस्थामा के खरिद गर्ने, के बिक्री गर्ने ?

केशब कोईराला

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ११ : ०२ मा प्रकाशित

बजार ३२ सय भन्दा निकै माथि जानेछ अहिलेको अवस्थामा के खरिद गर्ने, के बिक्री गर्ने ?

बजार सधैं बढ्दैन बढेको बेला सेयर बेचेर नाफा बुक गर्नु पर्छ । बजार सधैं घट्दैन पनि अनि घटेको बेला सेयर खरिद गर्नु पर्छ । बजार केही ठुलो र लामो करेक्सन पस्चात ३२ सय भन्दा निकै माथि जानेछ । आज नै सहि योजना बनाउन सके फेरि पनि प्रसस्त कमाउने अबसर आउनेवाला छ ।

हाल लाई के खरिद गर्ने ?

हाल लाई कम्तीमा १० प्रतिशत बोनस सेयर दिन सक्ने र नियमित ब्यापारबाट आजको मुल्यमा बढिमा ३० पिई रेसियो सम्मको बित्तिय बिबरण प्रकाशित गरेका कम्पनीहरु घट्दो क्रममा खरिद गर्दै जाने ।

हाल लाई के बिक्री गर्ने ?

हाल घट्दो बजारमा होल्डमा भएका कुनै कम्पनीहरु पनि बिक्री नगर्ने किनकि केही महगो मा बिक्री गर्ने अबसर बजारले बारम्बार दिन्छ । बजार केही बढेको बेला कमजोर बित्तिय अबस्थाका कर्नरिङ गरिएर हावा भरेका कम्पनीहरु बिक्री गर्ने।

बजार हल्ला हरुमा पटक्कै ध्यान नदिने । हिजो बजार ३२०० हुदा ५००० पुग्छ भनेर उचाल्नेहरु नै अहिले बजार २१०० मा झर्छ भनेर तर्साउदैछन । केही क्लब हाउसहरु मत्याउने र अत्याउने थलो बनेका छन त्यता दिने समय अध्ययन वा मनोरञ्जनमा दिने ।

पत्रु कम्पनीहरु १००० मुनि पाइदैन आजै किन्नु भनेर उचाल्ने पत्रु बिष्लेसकहरु अहिले दुलो भित्र छिरेका छन। त्यस्ता पत्रु बिष्लेषकबाट टाढा रहने। थप लगानी गर्ने पैसा छैन भने तनाव नलिनुस। दशै मुखमा छ मनोरञ्जन र पर्वमा ध्यान दिनुस तपाईंले राम्रो कम्पनी मा लगानी गर्नु भएको छ भने बोनसले तपाईंको लगानीको सुरक्षा गर्छ ।

बजारमा सिद्दिने भनेको नै आत्तिने र मात्तिने हरु हुन बाकी घटेको बजार केही पछि फेरि बढ्छ नै,हाम्रो कित्ताहरु यथावत छन र बोनसले अझै थपिदै जान्छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको