Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएन सेयर बजारकाे पहिराे, कहिले फर्किएला राैनक ?

नेप्से

मंगलबार, १२ असोज २०७८, १४ : ५९ मा प्रकाशित

राेकिएन सेयर बजारकाे पहिराे, कहिले फर्किएला राैनक ?

आज (मंगलबार) पनि सेयर बजार घटेकाे छ । आइतबारदेखि लगातार घटिरहेकाे सेयर बजारले मंगलबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो । मंगलबार नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।

अहिलेको अवस्था हेर्दा नेपालको सेयर बजार लयमा फर्कन अझै केहि समय लाग्ने जस्तो देखिएको बताउछँन् अनुभवी लगानीकर्ता श्याम बहादुर के.सी । अहिलेको बजारको गिरावट हेर्दा बजारमा बजार घटाउन चाँहाने पक्षहरु बढि हावि भएको देखिन्छ । जब बजार बियरिसमा जान्छ नि त्यो बेलामा पनि यति छोटो समयमा बजार यति धेरै घट्दैन । अहिले विभिन्न निकायहरुबाट नै बजारमा प्रहार भइरहेको छ । १२ करोडको क्याप, ब्याजदर वृद्धि, केहि समय देशमा बजेट भ्याकेन्ट हुनु र अहिले पछिल्लो समय बिद्युत नियमन आयोगले जारी गरेको निद्र्रेशिका पनि त्यति बजार मैत्री नभएको उनको तर्क छ । 

"यसरी विभिन्न निकायहरुबाट नै बजार माथि प्रहार गरेकाले पनि बजार घटेको हो भने ब्याजदर बढ्नु, कर्जामा सिमा तोकिनु र नजिकिदो चाड पर्बको जोहोका लागि जुन मूल्यमा पनि सेयर बेच्न लगानीकर्ताहरु सेयर बेच्न तयार हुनु र बजारमा रकमको अभाव बजार घट्नुका मुख्य कारणहरु हुन् । अब अहिलेको समग्र अवस्थालाई हेर्दा बजार पुरानै लयमा फर्कन भने केहि समय लाग्ने जस्तो देखिन्छ । अब बजेट पनि पारित भइसकेकोले बजारमा पैसा बढ्न सक्छ त्यस्तै चाँडपर्वमा पनि रकमहरु खर्च हुन्छ जसको कारण बजारमा पैसा बढ्छ र ब्याजदर घट्न सक्छ फलस्वरुप बजार सकारात्मक लयमा जान्छ । त्यस्तै अब केही समयमा नै धेरै कम्पनीहरुको लाभांश घोषणा हुन्छ । कम्पनीहरुको वित्तिय विवरणहरु हेर्दा लाभांश पनि राम्रै आउने देखिन्छ त्यसैले केही समय बजार घट्न सक्ला तर छिट्टै नै बजारले आफ्नो लय समात्ने कुरामा म विश्वस्त छु" के.सीले भने 

नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा झरेकाे छ । नेप्से २.६१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6152dfd7e5ec6.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सूचक घटेकाे छ । 

6152dfde8662f.jpg

मंगलबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १८ कराेड ८२ लाख २७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बैंकले  आज मात्र लाभांश घाेषणा गरेकाे छ । बैंकको हिजाे असाेज ११ गते, साेमबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

6152dfe6857e4.jpg

आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय ५३ रूपैयाँ पुगेकाे छ । 

6152dfee8e204.jpg

यता नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेकाे छ । 

6152dff6abea5.jpg

याे पनि :

अहिलेको माहोलमा नेप्सेलाई प्राविधिक रुपमा बुझे प्रयास, बजारको अबको यात्रा कता ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको