Like us!
Follow us!
Connect us!
Watch us!

३ दिनकाे प्यानिक सेलपछि सेयर बजारमा हरियाली, के दिगाे रहला ?

नेप्से

बुधबार, १३ असोज २०७८, १४ : ५९ मा प्रकाशित

३ दिनकाे प्यानिक सेलपछि सेयर बजारमा हरियाली, के दिगाे रहला ?

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता काराेबार भएकाे पहिलाे दिन आइतबारदेखि नै सेयर बजार निरन्तर घटिरहेकाे थियाे । बुधबार भने काराेबार हुने १३ वटै उपसमूह उकालाे लाग्दा नेप्से परिसूचक पनि अर्धसतकले बढेकाे छ । ३ दिनकाे निरन्तर गिरावटपछि फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् । 

आजको कारोबारमा सेयर बजारमा केहि सकारात्मक संकेत देखिएको भएता पनि अझै लगानीकर्ताहरु विश्वस्त हुने अवस्था भने नदेखिएको बताउँछन् युवा लगानीकर्ता राकेश सेढाइँ । निरन्तर ३ दिनदेखि बजार घटिरहेको थियो यो ३ दिनमा मात्र नेप्से २०४ अंकले घट्यो यसरी प्यानिक भएको बजारमा आजको बाउन्स ब्याकलाई भने केहि सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ । यो बेला भनेको संयमित भएर लगानी गर्ने बेला हो भने राम्रो  र बलियो कम्पनी हेरेर लगानी गर्ने अवसर पनि हो । अहिलेको अवस्थामा लगानीगर्दा भने लगनीकर्ताले कम्पनीको आधारभुत पक्षको शुष्म अध्ययन गरेर सेयर मूल्य घटेपनि कम्पनीको लाभांशबाट परिपुर्ति हुनसक्ने कम्पनीमा लगानी गर्नुपर्ने उनको सुझाव छ । 

नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।

कूल २२९ वटा कम्पनीकाे ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6154351812c8a.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर, फाइनान्स र विकास बैंक समूह बढेकाे छ ।

61543520d9d99.jpg 

बुधबार २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अपि पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

6154352ed167e.jpg

बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ६७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

61543526e464b.jpg

बुधबार मेघा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

61543535a8644.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको