Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन, काराेबार रकम ३ अर्बमा सिमित

नेप्से

विहीबार, १४ असोज २०७८, १४ : ५९ मा प्रकाशित

सेयर बजारमा करेक्सन, काराेबार रकम ३ अर्बमा सिमित

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा करेक्सन देखिएकाे छ । घटेकाे बजारमा काराेबार रकम पनि जम्मा ३ अर्बमा सिमित रहेकाे छ । यस साता सुरूदेखि नै निरन्तर घटिरहेकाे बजार हिजाे (बुधबार) भने ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा पुगेकाे थियाे ।

घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ । नियमित करेक्सनपछि बजारले फेरि नयाँ उचाई लिने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा पुगेकाे छ । नेप्से १.२२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूह बढेकाे छ । व्यापार, अन्य र म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे हाे । 

615584f5f125a.jpg

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय २८ रूपैयाँ पुगेकाे छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय १९ रूपैयाँ ७० पैसा पुगेकाे छ । त्यस्तै, मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९५ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

6155850033485.jpg

त्यसैगरी, बिहीबार नेपाल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ७७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

615584fb53354.jpg

यस दिन गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

615585065a013.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको