Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकबैंकले शुरु गर्यो दृष्टि जगेर्ना अभियान

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, ११ : ३५ मा प्रकाशित

कामना सेवा विकास बैंकबैंकले  शुरु गर्यो दृष्टि जगेर्ना अभियान

कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ ।

 बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ  दृष्टि जगेर्ना अभियानकाे सेवा शुभारम्भ गरेको हो । 

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् ।

बैंकले यस अगाडि पनि visually impaired व्यक्तिहरुलाई समेत आफै खाताखोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपिप्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ । 

6156a2d96cadb.jpg 6156a2db64bf5.jpg 6156a2e09917a.jpg 6156a2e312c3f.jpg 6156a2e854fb5.jpg 6156a2eb4d056.jpg 6156a2edb7907.jpg 6156a2efc3e0a.jpg 6156a2f2c0780.jpg 6156a2f79c669.jpg 6156a2fa4b917.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको