Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०७ : ५६ मा प्रकाशित

कामना सेवा बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

कामना सेवा विकास बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक बिक्रीमा राखेको छ।

न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ कायम गरिएको सेयर विद्यमान सेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले किन्न पाउनेछन्। खरिद गर्न इच्छुकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। त्यसका लागि सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ।

आज बिहीबारदेखि असोज २ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौंमा बुझाउनुपर्नेछ।

शेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको