Like us!
Follow us!
Connect us!
Watch us!

आज कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०७ : २८ मा प्रकाशित

आज कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज सोमबार कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुक क्लोज गर्दैछ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म कारोबार भइ कायम सेयरधनीले लाभांश पाउनेछन्।

बैंकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे १० बजे काठमाडौंको नक्सालमा बस्दैछ। सभाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ।

सभाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी नाफा भएको वर्ष वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

बैंकको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको