Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले डाक्यो साधारणसभा, के के छन् एजेण्डा

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०९ : २४ मा प्रकाशित

कामना सेवा विकास बैंकले डाक्यो साधारणसभा, के के छन् एजेण्डा

कामना सेवा विकास बैंकको १८औं वार्षिक साधारणसभा असोज ३० गतेका लागि आह्वान भएको छ। संचालक समितिको सोमबारको बैठकले काठमाडौंको नक्सालमा रहेको लिसारा रिसेप्शनमा बिहान साढे बजे बस्ने गरी सभा आह्वान गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने प्रस्ताव पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ।

सर्वसाधारणतर्फ सञ्चालक नियुक्ति समेत सभाले अनुमोदन गर्नेछ। १०० का दरले ३५ करोडको ९ प्रतिशत वार्षिक लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा पनि छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको