Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणले किन्न पाउने

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०७ : ३८ मा प्रकाशित

कामना सेवा बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणले किन्न पाउने

कामना सेवा विकास बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने भएका छन्।

विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर अन्य व्यक्ति, संघसस्था वा कम्पनीले किन्न पाउनेगरी बिक्रीमा राखिएकाे हो।

बैंकले यसअघि संस्थापक सेयरधनीले मात्र किन्न पाउने गरी ३५ दिने अवधि दिएको थियो। तर, संस्थापकले नकिनेपछि अब सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

सेयर खरिद गर्न इच्छुकले आवश्यक पर्ने कागजातसहित ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको