Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०८ : ०३ मा प्रकाशित

कामना सेवा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

कामना सेवा विकास बैंकले संस्थापक सेयर सर्र्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

संस्थापक सेयरधनीका नाममा रहेको १६ हजार कित्ता सेयर ३५ दिनसम्म पनि संस्थापक सेयरधनीले नकिनेपछि अब सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ।

बिक्रीमा राखिएको सेयरसम्बन्धी थप जानकारीका लागि बैंकको सेयर विभागमा सम्पर्क राख्न सूचनामा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको