Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५४ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १२ : २८ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५४ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७८ साल भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भदाै मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ६२ पैसामा झरेकाे छ । उक्त मूल्य साउन मसान्तकाे तुलनामा ५ रुपैयाँ ८६ पैसाले घटेकाे हाे । साउन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य २० रुपैयाँ ४८ पैसा रहेकाे थियो ।

त्यसैगरी, भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी पनि ३ करोड ६२ लाख २४ हजार रुपैयाँले घटेर ८१ करोड ६० लाख २४ हजार रुपैयाँमा सिमित रहेकाे छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८५ करोड २२ लाख ४८ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डले विभिन्न प्रकारका ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे भदाै मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6156b02cccdcf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको