Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, ११ : ४४ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम हुनेले पाउँछन् लाभांश ?

सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । 

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै २९ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भदाै २८ गते, मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

6318341993009.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको