Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डले पठाउन थाल्यो लाभांश, तपाईँको खातामा आयो ?

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १४ : २९ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डले पठाउन थाल्यो लाभांश, तपाईँको खातामा आयो ?

सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश पठाउन थालेकाे छ । 

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । 

सोही लाभांश बिहीबारदेखि इकाइधनीको खातामा पठाउन थालेको हो । म्युचुअल फन्डले इकाइधनीहरूलाई कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ । 

इकाइ धितो राखेर कर्जा लिएका इकाइधनीले भने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको