Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५७ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १२ : ४७ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डकाे ५७ वटा सूचीकृत कम्पनीमा लगानी, न्याभ कति ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७८ साल कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ६७ पैसा पुगेकाे छ । उक्त मूल्य असाेज मसान्तकाे तुलनामा २९ पैसाले बढेकाे हाे । असाेज मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ३८ पैसा रहेकाे थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ करोड १५ लाख रुपैयाँले बढेर ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७४ करोड ५६ लाख ६२ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डले विभिन्न प्रकारका ५७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे कार्तिक मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

61a5cd77ebd53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको