Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १५ : ३० मा प्रकाशित

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित

एनआईबिएल एस क्यापिटल लिमिटेडको नवाैँ वार्षिक साधारण सभा आज असाेज १५ गते, शुक्रबार सभाहल लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूंजीको २६ प्रतिशत नगद लाभांश समेत पारित गरेकाे छ । 

उक्त सभामा सञ्चालक सदस्यहरु दिपक कुमार श्रेष्ठ, बन्दना थापा, रविन्द्र भट्टराई र आनन्द कुमार भट्टराई को समेत उपस्थिती रहेको थियो । त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत पस्थितीमा साधारण सभा सम्पन्न भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको