Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल ग्रोथ फण्डकाे बाँडफाँड सम्पन्न

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १६ : ०८ मा प्रकाशित

एनआईबिएल ग्रोथ फण्डकाे बाँडफाँड सम्पन्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल ग्रोथ फण्ड” योजनाको १० रूपैयाँ अङ्कित दरको १६ करोड इकाईहरु पाैष ७ गतेदेखि पाैष २१ गतेसम्म सार्वजानिक रुपमा बिक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई बाँडफाँड हिजाे माघ ३ सम्पन्न भएको छ । 

एनआईबिएल ग्रोथ फण्ड (NIBL Growth Fund) को १० रूपैयाँ अङ्कित दरको १६ करोड इकाईहरु मध्ये बीज पूँजी बापत १% अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९% अर्थात ३ कराेड ४ लाख इकाई कोष प्रवद्धक  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्कासन गरिने इकाई मध्ये ३ कराेड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ कराेड ८० लाख इकाई निष्कासन गरिएको थियो । सो अवधिभित्र ४२ हजार ६० जना आवेदकहरु मार्फत ९ कराेड ९३ लाख ६७ हजार ९ सय इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ कराेड ३६ लाख ७९ हजार रूपैयाँ हुने भएको र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार रूपैयाँ थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गरिएको थियो । ६३ लाख २१ हजार रूपैयाँ थप गरी योजनाको आकार १ अर्ब ३२ कराेड रूपैयाँ कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ ।

बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा एनआईबिएल एस क्यापिटलको वेवसाइट www.niblcapital.com तथा CDSC & Clearing Limited द्वारा सञ्चालित www.meroshare.cdsc.com.np बाट पनि हेर्न सकिनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको