Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल सहभागिता फण्डको आकार बढ्याे, २ अर्बसम्मको इकाई बिक्री गर्न सेबाेनबाट स्विकृती प्राप्त

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ११ : ४५ मा प्रकाशित

एनआईबिएल सहभागिता फण्डको आकार बढ्याे, २ अर्बसम्मको इकाई बिक्री गर्न सेबाेनबाट स्विकृती प्राप्त

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको सन्दर्भमा पाैष १७ गतेका दिनदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए संगै योजनाको आकार वृद्धि भई रु. २ अर्ब कायम भएको छ ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो वर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ । जस अर्न्तगत सञ्चालनको ३ वर्षमा कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी औसत वार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ । जुन हाल सञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढी प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना (Systematic Investment Plan - SIP) तथा लाभांश पुनः लगानी योजना (Dividend Re- investment Plan) मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ वर्षअघि यस योजना रु. २० करोडको आकारमा सञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिको उच्च आकर्षणका कारणले हाल रु. १ अर्ब भन्दा बढीको आकारमा सञ्चालनमा रहेको छ जुन हाल सञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको