Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल ग्रोथ फण्डमा लगानी गर्ने आज अन्तिम अवसर

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १० : ५४ मा प्रकाशित

एनआईबिएल ग्रोथ फण्डमा लगानी गर्ने आज अन्तिम अवसर

एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । यस  फण्डमा लगानी गर्ने आज पौष २१ गते अन्तिम दिन रहेकाे छ ।

क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाईहरु निष्कासन गरेकाे हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत अर्थात् १६ लाख इकाई याेजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

क्यापिटलले याेजना अवधिभर यस योजनाले वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको