Like us!
Follow us!
Connect us!
Watch us!

“एनआईबिएल ग्रोथ फण्ड” मा उत्साहपूर्ण सहभागिता, पर्यो १ अर्ब ३२ करोड बढीको आवेदन

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १० : २६ मा प्रकाशित

“एनआईबिएल ग्रोथ फण्ड” मा उत्साहपूर्ण सहभागिता, पर्यो १ अर्ब ३२ करोड बढीको आवेदन

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” को सार्वजनिक निष्कासन पौष ७ गतेबाट खुल्ला भई पौष २१ बाट बिक्री बन्द भएको छ ।

सार्वजनिक निष्कासन अवधिभरमा यस योजनामा ४५,८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढीको ईकाइ खरिदका लागी आवेदन परेको छ । वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पूँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बावजुद यस योजनामा आम लगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ जुन प्रकारको उत्साह यसअघि हालै निष्कासित केही फण्डका योजनाहरुमा देख्न पाईएको थिएन् जसको प्रमुख कारणको रुपमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत हाल सञ्चालित योजनाहरुले आफ्ना इकाईधनीहरुलाई निरन्तर रुपमा प्रदान गरीरहेको प्रतिफलकाबिच लगानीकर्ताहरुमा यस फण्डका योजनाहरु प्रति स्थापित उच्च विश्वास रहेको पाईएको छ ।

१० वर्षे समयावधिका लागी जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको