Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, ११ : ३२ मा प्रकाशित

चितवनमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न

एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा यहि मे १०, २०२३ बुधबार चितवनस्थित होटल सिराइचुलीमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सले चितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि सन्दिप फुयाल, सन्तोश रेग्मी र निशान पौडेलले सक्रिय भुमिका निर्वाह गरेका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको