Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्ब नाघ्याे एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापनको आकार

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १२ : ३५ मा प्रकाशित

४ अर्ब नाघ्याे एनआईबीएल एस क्यापिटलको लगानी व्यवस्थापनको आकार

एनआईबीएल एस क्यापिटल लिमिटेडको लगानी व्यवस्थापनको आकार ४ अर्ब नाघेकाे छ ।

क्यापिटलले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात वि.सं. २०७१ सालदेखि हुँदै आएको छ । दक्ष तथा अनुभवी पूँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आवद्ध हुनुका साथै ४ अर्ब भन्दा बढी आकारको लगानीको व्यवस्थापन हुँदै आइरहेको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ वर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अर्न्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकवर्गले कम्पनीप्रति देखाएका विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहकवर्गको हितलाई नै सर्वोपरी ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ । आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको