Like us!
Follow us!
Connect us!
Watch us!

२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १२ : २८ मा प्रकाशित

२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे असाेज १४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्ण अनुसार कम्पनीकाे ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरी निजकाे पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७६/२०७७ को लेखापरिक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक १ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6159533bc29a2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको