Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ ६२ वर्षमा प्रवेश, सेवा क्षेत्र विस्तार गर्ने प्रतिवद्धता

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १७ : ०३ मा प्रकाशित

साल्ट ट्रेडिङ ६२ वर्षमा प्रवेश, सेवा क्षेत्र विस्तार गर्ने प्रतिवद्धता

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६२औँ वर्षमा प्रवेश गरेकाे छ । उपभोग्य वस्तु र रासायनिक मल लगायतका वस्तुको कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशनको ६१औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । स्थापना दिवसमा विशेष समारोह आयोजना गरेको कर्पोरेशनले अब कारोबार र सेवा क्षेत्र झनै विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ । 

उक्त समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको समेत बताए । 

‘प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ,’ मन्त्री रिजालले भने, ‘नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ ।’

उनले सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको समेत बताए । कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको छ । कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्नुपर्ने समेत श्रेष्ठले बताए । 

वार्षिकाेत्सवकाे अवसरमा कर्पोरेशनले उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा/छोरीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेकाे छ । उक्त समारोहमा बालबालिकाहरुको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार समेत दिइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको