Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गको नाफामा उछाल, २९ रुपैयाँ नाघ्याे ईपीएस

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, ११ : ०६ मा प्रकाशित

साल्ट ट्रेडिङ्गको नाफामा उछाल, २९ रुपैयाँ नाघ्याे ईपीएस

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेकाे छ ।

खुद नाफा 

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार तेस्रो त्रैमासमा कम्पनीले ३ करोड ७१ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १९३ दशमलव ९४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बिक्री आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीकाे बिक्री आम्दानी पनि १७.४४ प्रतिशतले बढेर ५ अर्ब ७७ करोड २ लाख १६ हजार रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३२ लाख ४९ हजार रूपैयाँ बिक्री आम्दानी गरेकाे थियाे । 

 चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी १० प्रतिशतले बढेर २५ करोड ३५ लाख ३१ हजार रूपैयाँ पुगेकाे छ । 

जगेडा काेष

कम्पनीकाे जगेडा काेष पनि १.८५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड १० लाख ४८ हजार रूपैयाँ सञ्चित रहेकाे छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस पनि १० रूपैयाँ ९६ पैसाबाट बढेर २९ रूपैयाँ २८ पैसा पुगेकाे छ । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर नेटवर्थ ४ सय ४४ रुपैयाँ १४ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको