Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारमाथि अध्ययन गर्दै धिताेपत्र बाेर्ड

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : १० मा प्रकाशित

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारमाथि अध्ययन गर्दै धिताेपत्र बाेर्ड

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारमाथि नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले अध्ययन सुरू गरेकाे छ ।  

दाेश्राे बजारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शंकास्पद काराेबार भएकाे पाइएकाे भन्दै गत बिहीबार गैरकानुनी कारोबारकाेविरूद्धमा नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा उजुरी दर्ता भएकाे थियाे ।

साेही उजुरीकाे आधारमा यतिबेला धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले उक्त कारोबारको बारेमा अध्ययन गरिरहेको सेबोनका प्रवक्ता मुक्ती नाथ श्रेष्ठले अर्थ संसारलाई बताए । आवश्यक सुपरिवेक्षण गरी गैरकानूनी रूपमा कारोबार भएको पुष्टी भएमा कानून अनुसार कारबाही हुने उनले बताए ।

गत बिहीबार सेबाेनमा दर्ता भएकाे उजुरीपत्रमा भनिएकाे थियाे, "उपरोक्त सम्बन्धमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको पछिल्ला महिना देखी हाल सम्म आईपुग्दा भई गरेका दोश्रो बजार कारोबारहरु मध्ये केही करोबारहरु शंकास्पद (कम्पनी संचालकहरु वा निजका पारिवारीक सदस्यहरुको कारोबार) भएको हुदाँ उक्त कारोबारका विवरणहरु तहाँबाट जाँच गरी उचित कामकारवाही गरीदिन हुन बिनम्र अनुरोध गर्दछु । साथै राफसाफ हुन बाँकी शेयरहरु तत्कालको लागि राफसाफ रोक्का राखी दिनहुन अनुरोध गर्दछु ।"

साल्ट ट्रेडिङ्गकाे शंकास्पद काराेबारविरूद्ध सेबाेनमा उजुरी दर्ता, कारबाहीकाे माग

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम १ (क) मा "सङ्गठित संस्थाको सञ्चालक,कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा सङ्गठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित सङ्गठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन" भन्ने नियम रहेकाे छ ।

यता साल्ट ट्रेडिङ्गका बहालवाला अध्यक्ष कल्याण गोविन्द श्रेष्ठका छोरा रोशन गोविन्द श्रेष्ठले भने गत सातामात्रै गैरकानूनी रूपमा हजाराैँ कित्ता सेयर बेचेका खुलासा भएकाे छ । साल्ट ट्रेडिङ्गमा गैरकानूनी रूपमा काराेबार भएकाे भनक पाएसँगै उजुरी गरिएकाे थियाे । 

यसअघि यस्तै प्रकारका गैरकानूनी काराेबार हुँदा दाेषीहरूलाई जसरी कारबाही गरिएको थियो यसपटक पनि सोही अनुरूप कारबाही हुनुपर्ने माग गरिएको छ । उजुरीपश्चात् आवश्यक काम कारबाहीकाे प्रकृया कहाँ पुग्याे भन्नेबारेमा बुझ्न हामीले धिताेपत्र बाेर्डमा सम्पर्क गरेकाे थियाैँ । साेही क्रममा कुराकानी हुँदा सेबाेनले अहिले यसबारेमा अध्ययन भइरहेकाे बताएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको