Like us!
Follow us!
Connect us!
Watch us!

डन्डीको मूल्य चार रुपैयाँ घट्ने

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १३ : ५५ मा प्रकाशित

डन्डीको मूल्य चार रुपैयाँ घट्ने

नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको संघको भनाइ छ । फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विदेशबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्दै आएका उद्योग भने सरकारको निर्णयको विरोधमा छन् । फलाम र स्टिलजन्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ बिलेट र स्पन्ज आइरनमा अन्तःशुल्क बढेपछि उद्योगहरूले प्रतिकिलो छ रुपैयाँसम्म मूल्य बढाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको