Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

नेप्से

आइतबार, १७ असोज २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, किन घट्दैछ लगानीकर्ताको मनोबल ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । 

अहिले विभिन्न निकायहरुबाट श्रंखलावद्ध रुपमा सेयर बजारमा प्रहार भइरहेकोले पनि लगानीकर्ताहरुको मनोबल कमजोर बनिरहेको बताउँछन् अनुभवी लगानीकर्ता कृष्ण सुनुवार । अहिले विभिन्न सरकारी निकायहरु नै बजारप्रति त्यति सकारात्मक नबनेको उनको बुझाँइ छ । "बजारको विकास गर्ने जिम्मा लिएका निकायहरु नै बजार प्रति नकारात्मक बन्दा कसरी लगानीकर्ताहरुको मनोबल उच्च हुन्छ भन्नुहोस् त", उनले भने । 

चाहे जुनसुकै क्षेत्रमा लगानी गर्दा होस् लगानीकर्ताहरुले आफ्नो लगानी कति सुरक्षित छ भन्ने कुरा नै हेर्ने हो जहाँ लगानी गर्दा आफ्नो लगानी सुरक्षित देख्दैनन् त्यस्तो ठाँउमा लगानी गर्दैनन् । जबसम्म बजारमा देखिएको आर्थिक तरलता र सेयर कर्जामा लागेको सिमा पुनरावलोकन हुँदैन तबसम्म बजारमा त्यति ठुलै उमंग आउने देखिँदैन त्यसैले जसरी नियामकहरुले सेयर बजारमा गरेको निरन्तर प्रहारले बजार अर्धघाईते अवस्थामा पुगेको त्यसको समाधान वा उपचारका लागि एकदमै सकारात्मक र सेयर बजारमैत्री निति सरकारले अवलम्बन नगरेसम्म लगानीकर्ताहरुको मनोबल बढ्न नसक्ने उनको भनाई छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा पुगेकाे छ । नेप्से २.१२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेकाे छ ।

कूल २३२ वटा कम्पनीकाे ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6159795865de0.JPG

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।

615979602d3d0.JPG 

आइतबार मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय २५ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

61597b09d7b05.jpg

आइतबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

61597b0d0eeae.jpg

त्यसैगरी, आइतबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

 

याे पनि :

दीर्घकालीन लगानीकर्ताले के अब बजार प्रवेश गर्ने समय हो? आगामी साता सेयर बजार कता जाला ? Aswin 17 -20

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको