Like us!
Follow us!
Connect us!
Watch us!

लस्कर फुड्सबाट खाना र खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १२ : ३९ मा प्रकाशित

लस्कर फुड्सबाट खाना र खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले खाना खाजा मगाउँदा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर-कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर फुड डेलीभरी गर्न लागेको हो । चाडबाड विशेष अफरमा लस्कर फुडसले ५० प्रतिशत छुट दिन लागेको हो ।

आजदेखी ल्याइएको छुट आगामी असाेज २५ गतेसम्म चल्ने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । लस्कर फुडसले आफ्नो किचेन बन्द गर्दा हुन्छ लस्कर फुडस बाट मगाउँदा हुन्छ भन्ने मुल नारा लिई अघी बढेको ओस्ती बताउँछन् । नेपालीको महान चाडबाडलाई  मध्यनजर गरी  समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताएका छन् ।

लस्कर फुडसले यस अफरसँगै, अरु विभिन्न अफर समेत ल्याएको छ । गत हप्ता लस्कर फुड्सले अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।  

काठमाडौं उपत्यकाबासी   व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले ५० प्रतिशतको अफर अघी सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दावी छ ।

प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर ०११–४७००५५४ र ४७००५५३ वा लस्कर फुडस  अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको