Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकलाई माइक्राेफाइनान्सकाे टेवा, ७२ अंकले बढ्याे माइक्राेफाइनान्स उपसमूह

नेप्से

सोमबार, १८ असोज २०७८, १५ : ०२ मा प्रकाशित

नेप्से परिसूचकलाई माइक्राेफाइनान्सकाे टेवा, ७२ अंकले बढ्याे माइक्राेफाइनान्स उपसमूह

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेप्से परिसूचकलाई माइक्राेफाइनान्स उपसमूहले टेवा दिएकाे छ । निरन्तर सेयर बजारमा उच्च अंककाे गिरावट आइरहेकाे थियाे । तर आज भने लघुवित्तहरूकाे मूल्य बढ्दा नेप्से पनि थाेरै अंकले मात्र घटेकाे छ । साेमबार सबैभन्दा धेरै माइक्राेफाइनान्स उपसमूह १.४७ प्रतिशत अर्थात् ७२ अंकले बढेकाे छ । सर्वाधिक बढ्ने १० कम्पनीमध्ये ९ वटा लघुवित्तहरू रहेका छन् । 

पछिल्लाे समय लघुवित्त कम्पनीहरूले आकर्षक लाभांश घाेषणा गर्न थालेका छन् । साेही कारण पनि लघुवित्तहरूप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

615acec517167.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

615aceca99156.jpg

त्यसैगरी, साेमबार सर्वाधिक काराेबार हुनेमा युनाइटेड माेदी हाइड्राेपावर अब्बल छ । कम्पनीकाे १२ कराेड १२ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

615acecf86a58.jpg

साेमबार आशा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य  १० प्रतिशतले बढेर १ हजार ६ सय ९९ रुपैयाँ ५० पैसा पुगेको छ । 

615aced526035.jpg

साेमबार मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ९.३८ प्रतिशतले घटेर १८ सय ८५ रूपैयाँमा झरेकाे छ ।

615acedc0be76.jpg

याे पनि :

दीर्घकालीन लगानीकर्ताले के अब बजार प्रवेश गर्ने समय हो? आगामी साता सेयर बजार कता जाला ? Aswin 17 -20

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको