Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न, १९ प्रतिशत लाभांश पारित

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १७ : २५ मा प्रकाशित

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न, १९ प्रतिशत लाभांश पारित

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा आज (असाेज १८ गते, साेमबार) इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा सम्पन्न भएको हो । 

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने लगायतका प्रस्तावहरु पारित भएको छ । 

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ । 
 

615aedd6606c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको