Like us!
Follow us!
Connect us!
Watch us!

स्वघाेषणा गरेर कात्तिकभित्र फाइबर-पोलको भाडा बुझाउन प्राधिकरणकाे निर्देशन

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ०७ : ५६ मा प्रकाशित

स्वघाेषणा गरेर कात्तिकभित्र फाइबर-पोलको भाडा बुझाउन प्राधिकरणकाे निर्देशन

नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई निर्देशन दिएको छ ।  

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकले स्वघोषणा गरी कात्तिकभित्र भाडा बुझाइसक्नुपर्ने छ ।

कात्तिकभित्र सम्झौता नवीकरण नगरेमा प्राधिकरण स्वंयमले भाडा निर्धारण गरेर असुल गर्ने चेतावनी सार्वजनिक सूचना जारी गरेर दिएको छ । 

प्राधिकरणले यसअघि पनि १५ दिनको समयसीमा दिएको थियो । तर, भाडा नतिरेपछि सांकेतिक स्वरुप गत शनिबार विभिन्न क्षेत्रमा    इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिदिएको थियो । यसबारे दीर्घकालीन समस्या समाधानका लागि सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको