Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीको रासनवृद्धिको निर्णय कार्यान्वयनमा

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, १२ : ०५ मा प्रकाशित

प्रहरीको रासनवृद्धिको निर्णय कार्यान्वयनमा

नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका हुन् । 

यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन । 

नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको