Like us!
Follow us!
Connect us!
Watch us!

सीआईबीको चेतावनी : चोरी–लुटपाटका सामान खरिद बिक्री गरे कारबाही

अर्थ संसार

आइतबार, २९ भदौ २०८२, २० : ३८ मा प्रकाशित

सीआईबीको चेतावनी : चोरी–लुटपाटका सामान खरिद बिक्री गरे कारबाही

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले हालै भदौ २३ र २४ गतेका दिन भएका प्रदर्शनका क्रममा विभिन्न सरकारी तथा निजी संरचनाबाट लुटिएका सामग्रीहरू बजारमा बिक्रीवितरण भइरहेको भन्ने सूचना प्राप्त भएको जनाएको छ।

उक्त घटनामा सरकारी कागजपत्र, ऐतिहासिक दस्तावेज, बैंक तथा वित्तीय संस्थामा रहेका अभिलेख, बहुमूल्य वस्तु, नगद, हातहतियार लगायतका सामान हराएको वा चोरी भएको प्रारम्भिक जानकारी आएको छ। प्रहरीका अनुसार यस्ता सामग्रीहरू विभिन्न माध्यममार्फत बिक्रीवितरण हुनसक्ने आशंका छ।

CIB ले यस्तो अवस्थामा यस्ता सामानहरूको खरिद वा बिक्री नगर्न नागरिकलाई अनुरोध गरेको छ। साथै चोरी वा लुटपाट भएका सामग्री कसैसँग देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकायलाई जानकारी दिन वा बुझाउन आग्रह गरिएको छ।

प्रहरीले यस्ता सामान किन्ने, बेच्ने वा संकलन गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कठोर कारबाही हुने चेतावनी पनि दिएको छ। CIB ले अनुसन्धान जारी रहेको जनाउँदै आम नागरिकलाई सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको